भोजपुर / भोजपुरको षडानन्द नगरपालिका १२ सुनखानी स्थितमा जुनार सर्किएर मानबहादुर घिसिङको ज्यान गएको छ।

सोमबार दिउँसो १ बजे स्थानिय तारा राईको बारीबाट जुनार टिपेर खाने क्रममा सोही नगरपालिका १२ दाइजोरका ५० बर्षीय घिसिङको जुनारको रस सर्कीएर ज्यान गएको हो।

घटनाबारे प्रहरी चौकी देउरालीमा खबर प्राप्त हुन साथ घटना स्थलमा खटिएको प्रहरी टोलीले घटना स्थल सुरक्षित राख्नुको साथै थप अनुसन्धान तथा कानूनी प्रकृयाको लागी ईलाका प्रहरी कार्यालय दिङ्लाबाट प्रहरीको टोली खटि आवश्यक अनुसन्धान कार्य पुरा गरेको छ।