ओखलढुङगा / ओखलढुङगाको खिजिदेम्बा गाउँपालिका ८ भुसिङगा बस्ने ८५ बर्षीय लोकसन शेर्पाको आगो ताप्ने क्रममा जलेर ज्यान गएको छ।

स्थानिय गम्बु शेर्पाको घरमा डेरा गरी बस्दै आएका लोकसन शेर्पा गत २२ गते राती अगेना छेउमा आगो ताप्दै सुत्ने क्रममा अचानक आगो शरिरमा सल्किएर घाईते भएका थिए।

घटनाबारे जानकारी पाउनासाथ प्रहरी चौकी रावदोलुबाट प्रहरीको टोली खटि गई घाईतेलाई उपचारको लागी सदरमुकाम तर्फ ल्याउने क्रममा सोमबार साँझ साढे ५ बजे बाटैमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ।