झापा / झापाको कन्काई नगरपालिका ४ स्थित पुर्ब पश्चिम राजमार्गको कोटीहोम स्थितमा ट्रक र कारसंग मोटरसाईकल ठोक्किँदा किशन शाहको ज्यान गएको छ।

आज बिहान ६ बजे सडकको छेउमा रोकी राखेको ना ५ ख ७६६० नम्बरको ट्रकमा पश्चिम बाट पूर्ब तर्फ आउँदै गरेको को ३९ प ७५४ नम्बरको मोटरसाईकल ट्रकको पछाडी आफै ठोकिएर उछिटिदा पुर्बबाट पश्चिम तर्फ जाँदै गरेको मे १ च ४२८१ नम्बरको कारमा ठोकिएर दुर्घटना हुँदा मोटरसाईकल चालक अमरदह नगरपालिका २ का २३ बर्षीय शाह गम्भिर घाईते भएका थिए।

उनलाई उपचारको लागी बिएण्डसी अस्पताल बिर्तामोड पुर्‍यारउन साथ डाक्टरले मृत घोषणा गरेका थिए। ट्रक, ट्रक चालक, कार र कार चालकलाई ईलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।