एजेन्सी / भारतीय हास्यकलाकार कपिल शर्मा बुवा बनेका छन्। उनकी श्रीमती गिन्नी चतरथले छोरी जन्माएकी छिन्।

मंगलबार बिहानै तीन बजेर ३८ मिनेटमा उनले यसबारे जानकारी दिएका हुन्। आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमार्फत् उनले लेखेका छन्, ‘छोरीको जन्मपछि आफूलाई भाग्यमानी महसुस गरिरहेको छु। तपाईंहरुको आशिर्वादको खाँचो छ। सबैजनालाई माया। जय माता दी।’

उनको यो ट्वीटमा अहिलेसम्म १४ हजार बढी लाइक्स आइसकेको छ भने ९ सय बढीले रिट्वीट गरिसकेका छन्।