काठमाण्डौ / नेपाली महिला राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक हरि खड्काले राजीनामा दिएका छन्।

१३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनमा भारतसँग २–० ले हारेसँगै प्रशिक्षक खड्काले राजीनामा दिने घोषणा गरेका हुन्।

राष्ट्रिय टिमका पूर्व कप्तानसमेत रहेका प्रशिक्षक खड्काले हारको सम्पूर्ण जिम्मेवारी लिँदै महिला टोलीको प्रशिक्षकबाट राजीनामा दिएको बताए।

तर उनले कुनै न कुनै रुपमा नेपाली फुटबलसँग आबद्ध हुने प्रतिबद्धता पनि जनाएका छन् । उनको नेतृत्वमा नेपाली टोलीले ४ वटा फाइनल खेल्दा चारै पटक उपविजेता बनेको थियो।