एजेन्सी / फिनल्याण्डकी ३४ वर्षीया सान्ना मरिन विश्वकै कम उमेरकी प्रधानमन्त्री बन्ने भएकी छिन्। उनी देशको राजनीतिक इतिहासमा सबैभन्दा युवा प्रधानमन्त्री बनेकी छिन्। 

मरिनले यही हप्ता नै पदभार ग्रहण गर्ने बताइएको छ। मरिनको नेतृत्वमा बन्न लागेको गठबन्धन सरकारमा ५ दल सहभागी हुनेछन्, सबै दलको नेतृत्व महिलाहरुले गर्नेछन्। फिनल्याण्डका पूर्व प्रधानमन्त्री आन्ती रिन्नेले राजीनामा दिएपछि सना मरिनलाई प्रधानमन्त्री बन्न जोड दिइएको थियो।

यसअघि उनी पहिवहन र सञ्चार मन्त्री पनि रहेकी थिइन्। ३४ वर्षीया मरिन विश्वकै युवा प्रधानमन्त्री बनेकी छिन्। उनले युक्रेनका प्रधानमन्त्री ओलेक्सी होन्चेरुकलाई पनि पछाडि पारेकी छिन्। होन्चेरुक ३५ वर्षमा प्रधानमन्त्री बनेका थिए। 

त्यस्तै मरिनले न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्दा आर्डेनलाई पनि पछाडि पारेकी छिन्। जसिन्दा ३९ वर्षको उमेरमा प्रधानमन्त्री भएकी थिइन्। 

unn.prixa.netको हुन् सान्ना मरिन ?

मरिनको जन्म सन् १९८५ नोभेम्बर १६ मा फिनल्याण्डमा भएको थियो। उनी सन् २०१५ मा संसद सदस्यको रुपमा निर्वाचित भएकी थिइन्। उनी पहिलो पटक सन् २०१९ मा नै सरकारमा सहभागी भएकी थिइन्। उनी सरकारको परिवहन तथा सञ्चार मन्त्री बनेकी थिइन्। 

सन् २०१२ मा उनले प्रशासनिक विज्ञानमा टेम्पियर विश्वविद्यालयबाट स्नातक तहमा डिग्री गरेकी थिइन्। त्यसपछि उनी राजनीतिमा सक्रिय बनिन्। सन् २०१७ मा उनी सिटी काउन्सिलमा चुनिइन्।