जाडो मौसममा धेरैलाई ओठ फुट्ने समस्याले पिरोलिरहेको हुन्छ। तर केही मात्रामा मात्र सावधानी र घरेलु विधि उपनाउन सकियो भने मात्र पनि ओठ फुट्ने समस्याबाट मुक्ति पाउन सकिन्छ।

के छन् त उपाय ?

ओठमा जिब्रो लगाउने बानी, ओठ चुस्ने वा चाट्ने बानी छ भने तत्काल हटाउनुस्। साथै ओठमा मह दल्नुभयो भने पनि ओठ फुट्दैन। 

त्यसैगरी घीउ र नरिवलको तेल लगाउँदा पनि ओठ फुट्नवाट बच्न सकिन्छ। पानी धेरै पिउनुभयो भने पनि यो समस्याबाट मुक्ति पाउन सक्नुहुन्छ।

जाडो मौसममा सुन्तला, बदाम सेवन गर्दा पनि ओठ फुट्ने समस्याबाट छुटकारा पाउन सकिन्छ। बाहिरी वातावरणमा जानु पर्दा लिप जेल, लिप गार्ड वा लिपस्टिक लगाउँदा पनि ओठ फुट्ने समस्याबाट बँच्न सकिन्छ।

कहिले काँही रोगका कारण पनि ओठ फुट्न सक्छ। चिकित्सकका अनुसार जाडो मौसममा थाइराइड, इन्डोक्राइन जस्ता ग्रन्थीमा समेत रगतको मात्र कम भएर त्यसको परिणामस्वरूप ओठ फुट्न सक्छ।