एजेन्सी / ‘शेप अफ यु’का गायक एड शीरनलाई लिएर एक अनौठो जानकारी बाहिर आएको छ। उनको साथमा एक थान फोन पनि रहेको छैन।

बेलायतको ‘ब्रिटेन्स आईएम अ सेलिब्रिटी.. गेट मी आउट अफ हेयर’को एक श्रृङ्खलामा एड शीरनको साथी रोमन केम्पले भने, ‘एडसँग फोन छैन, तपाईहरु उसलाई ई–मेल बाट सम्पर्क गर्न सक्नुहुन्छ।

गायकले सन् २०१५ मा वल्र्ड टुरको क्रममा सामाजिक सञ्जाललाई त्यागेका थिए र एक वर्ष ब्रेक लिएका थिए। शीरनले त्यसबेला भनेका थिए, ‘मलाई तनाव कम गर्नका लागि यो सबैबाट टाढा जानुपरेको छ। मैले आइप्याड किनेको छु, जसबाट केवल ई–मेल चेक गर्न सक्छु।’