सुनसरी / सुनसरीको दुहबीमा दिउँसै मोटरसाईकल चोरी भएको छ। सुनसरी भुटाहा घर भएका मेडिकलमा कार्यरत मनोज ठाकुरको को २५ प ८०६० नम्बर प्लेटको सुपर स्पेल्न्डर मोटरसाईकल शनिबार दिउँसो चोरी भएको हो।

पीडित ठाकुरले ईलाका प्रहरी कार्यालय दुहवीमा जाहेरी दिएको भएपनि प्रहरीले बेवास्ता गरेको बताउनुभयो। उहाँका अनुसार यहाँ यसअघि पनि चोरी हुने भएको भएपनि प्रहरीले बेवास्ता गर्दै आएको छ। प्रहरी निरीक्षक प्रबिण कार्कीलाई आँफूले मौखिक तथा लिखित जानकारी गराएको भएपनि उहाँले बेवास्ता गरेको पीडितको आरोप रहेको छ।

स्थानीयका अनुसार यहाँ चोरीको घटना बिगबिगी रहेको छ। यहाँ चोरीका घटना अत्यधिक मात्रामा हुने भएको भएपनि प्रहरीले बेवास्ता गर्दै आएको स्थानियको आरोप छ। यसअघि गत मंसिर २ गते राती नै दुहबी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष माधब भण्डारीले प्रयोग गर्ने सरकारी नम्बर प्लेटको मोटरसाइकल चोरी भएको थियो।

भण्डारीले आफ्नै घरमा राखेको को १ ब १४०३ नम्बर प्लेटको सरकारी मोटरसाइकल चोरी भएको भएपनि प्रहरीको बेवास्ताका कारण नभेटिएको बताईएको छ।