धरान / आगामी पौष ५ गते धरानमा आयोजना हुने पूर्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता नेपाल आईस मिस पूर्वाञ्चलको दसौ संस्करणको सहभागी प्रतियोगीहरुलाई आइतबार धरानस्थित युएन नवोदय कलेज अफ होटल म्यानेजमेन्टमा शिष्टाचार व्यस्थापन तथा डाईनिङ्ग एट्टीच्युड सम्बन्धि तालिम दिईएको छ।

IMG_2044 प्रतियोगीहरुलाई कलेजका होटल म्यानेजमेन्टका प्रमुख संयोजक गगन श्रेष्ठले खाना खाने तरिका ,बस्ने तरिका र कति मात्रामा खानेसंगै डाईनिङ्ग एट्टीच्युड सम्बन्धि बिसेष तालिम दिईएको थियो। दुई दशक देखि नै होटल म्यानेजमेन्ट क्षेत्रमा दक्खल राख्नुहुने प्रशिक्षक गगन श्रेष्ठले मिस पूर्वाञ्चलको सुरुवाती दिन देखि नै प्रतोयोगीहरुलाई प्रशिक्षण दिदैँ आउनुभएको छ।

IMG_2054 प्रियारानी लामाको कोरियोग्राफीमा प्रतिस्प्रधिहरू फिनालेको ट्रेनिंगमा ब्यस्त छन् संगसंगै उनीहरुलाई धरान हेल्दी होमका सीइओ सुप्रिया माझीले हेल्थ टिप्स, बिपीकेआइएचएसका ऐनाटोमी डिपार्टमेन्टका डा. सरुन कोइराला र डा. सन्दिप शाहले ज्यामितीय अनुहार एन्थ्रोपोमेटिक आकलन तथा अनुहारको प्रकारहरु बारे प्रशिक्षण दिएका थिए। त्यस्तै पत्रकार देबेन्द्र कार्कीले कन्फ़िडेन्ट लेभल कसरि बढाउने भन्ने बारे जानकारी दिएका थिए।

IMG_2051 सिजी ब्रुअरी को मुख्य प्रायोजन, बराह ग्रुपको प्रस्तुति, ओम शान्ति कम्पनि लिमिटेड सिओल कोरिया र डिभाइन वाइनकोको सह-प्रायोजनमा तथा सिल्भर इन्टर टेनमेन्टको आयोजनामा हुने नेपाल आईस मिस पूर्वाञ्चल २०१९ को बिभिन्न सब टाइटलको लागि समेत फिनाले अघि प्रतिस्पर्धा गराइदैछ।