राजविराज / सप्तरीमा मोटरसाइकलको ठक्‍कबाट घाइते भएकी महिलाको उपचारका क्रममा आइतबार राति ज्यान गएको छ। कञ्चनरूप नगरपालिका–२ की ५० वर्षीया समिना खातुनको उपचारका लागी राजविराज ल्याउँदै गर्दा बाटोमै ज्यान गएको सप्तरी प्रहरीले जनाएको छ।

तीव्र गतिमा पश्चिमबाट पूर्व जाँदै गरेको को १४ प ७७२७ नम्बरको मोटरसाइकलको ठक्करबाट राजमार्गमा पैदल हिंडिरहेकी खातुन घाइते भएकी थिइन्। उनको टाउको तथा शरीरको विभिन्न भागमा चोट लागेको थियो।

घाइते खातुनको कञ्चनरूपस्थित धर्मेश्वर अस्पतालमा उपचार सम्भव नभए पछि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल रेफर गरिएको थियो। ठक्‍कर दिने मोटरसाइकल चालक मिर्चैया –१ का १८ वर्षीय विवेक श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ।