मोरङ / मोरङको सुन्दरहरैचा नगरपालिका वडा नम्वर ४ र ५ को सडक स्तरोन्नतीको माग गर्दै स्थानियले सडक अबरुद्ध गरेका छन्। लामो समयदेखि सडक मर्मत नगरेको भन्दै स्थानीयले शनिबार देखी सांकेतिक रुपमा १५ मिनेट सडकमा अवरुद्ध गर्न थालेका छन्।

सुन्दरहरैचाको ४ र ५ नम्वर वडामा पर्ने बाँसबारी चौकमा लामो समयदेखी महेन्द्र राजमार्ग भत्किएको छ। भत्किएको राजमार्गमा दैनिक साना सवारी साधन दुर्घटना हुँदै आएको र आसपासमा बस्नै सक्ने अबस्था नभएपछि आन्दोलित हुनु परेको स्थानीयको आरोप छ। स्थानीय दिपेश श्रेष्ठले सडक मर्मतमा कसैको पनि ध्यान नगएपछि आन्दोलित हुनु परेको बताउनुभयो।

पटक–पटक सडक डिभिजन कार्यालय बिराटनगरलाई ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाई नभएको कारण आफुहरु आन्दोलित भएको श्रेष्ठ बताउँनुभयो। दुई बर्ष अघिको बाढीले बगाएको सडक आजसम्म पनि सामान्य मर्मतसम्म नहुँदा स्थानीय समस्यामा छन्।

स्थानीयले शान्तिपुर्ण आन्दोलन गर्दै आएका स्थानीयले तत्काल माग सम्बोधन नभए कडा आन्दोलनमा जाने समेत उनीहरुको चेतावनी छ। पुर्व पश्चिम राजमार्गमा दैनिक हजारौंको संख्यामा सवारी साधन कुद्ने सडकको झण्डै पाँच सय मिटर सडक दयनिय अवस्था रहेको छ।

अहिले दैनिक १५ मिनेट बन्द गर्दै आएका उनीहरुले यो समय अबधि बढाएर आन्दोलनका कार्यक्रम बढाउने उनीहरुको भनाई छ।