बाँके / ट्रकको ठक्करबाट बालिकाको ज्यान गएपछि बाँकेको कोहलपुर तानवग्रस्त बनेको छ। आइतबार बिहान कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाईस्कुल चोकमा ट्रकको ठक्करबाट बालिकाको ज्यान गएको हो।

मृतक बालिकाको सनाखत भएको छैन। स्कुले बालिकाको ज्यान गएपछि विद्यार्थीहरुको समूहले ट्रकमा आगजनी गरेका छन्।

truck

त्यसपछि प्रहरीले बल प्रयोग गरेको थियो। आक्रोशित समूह र प्रहरीबीच ढुङ्गा हानाहान भएको थियो। दर्जनौं गाडीहरु बीच सडकमै रोकिादा यात्रुहरु अलपत्र परेका छन्।

सडकमा रोकिएका अधिकांश गाडीहरुको सिसा विद्यार्थीहरुले फुटाई दिएका छन्। उनीहरुले चोकमा टायर बालेर यातायात आवागमन अवरुद्ध पनि पारेका छन्। प्रहरीले बाटो खुलाउने प्रयास गरिरहेको जनाएको छ।