काठमाण्डौ / हप्ताको पहिलो दिन आज (आइतबार) सुनचाँदीको भाउ घटेको छ ।
सुनको भाउ आज आइतबार तोलामा ५ सय रुपैँया घटेर तोलाको ७१ हजार २ सय रुपैँया निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
शुक्रबार तोलामा ३ सय रुपैँया घटेर सुनको भाउ तोलाको ७१ हजार ७ सय रुपैँयामा कारोबार भएको थियो।
यस्तै चाँदी आज आइतबार तोलामा १० रुपैँया घटेर तोलाको ८ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ।