एजेन्सी / भारतको राजधानी दिल्लीमा रहेको एउटा अन्न बजारमा आगलागि हुँदा ३४ जनाभन्दा धेरैको ज्यान गएको छ।

दिल्लीको रानी झाँसी रोडमा रहेको अन्न बजारमा बिहान आगलागी हुँदा ३४ जना भन्दा धेरैको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

दर्जनौँ कामदार सुतिरहेका बेला आगलागी भएको थियो। आगो लागेको केही समयमा नै दमकल पुगेको भए पनि आगो नियन्त्रणमा लिन कठिनाइ हुँदा धेरैको ज्यान गएको भारतीय प्रहरीले जनाएको छ। 

आगलागीमा परेर १५ जनाभन्दा बढी गम्भीर घाइते भएको र उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएकाे छ। घटनास्थलमा अहिले पनि उद्दारको काम भइरहेको छ। 

दिल्लीको एलएनजेपी अस्पतालमा पुर्‍याइएका ४९ मध्ये ३४ जनाको ज्यान गएको अस्पतालले जनाएको छ। बाँकी १५ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ। 

घाइतेहरुको आरएमएल, एलएनजेपी, हिन्दु राव र सफदरजंग अस्पतालमा उपचार भइरहेको छ। 

घटना लगत्तै प्रधानमन्त्री नरेन्द्र मोदी, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल लगायतले ट्वीट गर्दै दुर्घटना प्रति दुःख व्यक्त गरेका छन्।