उदयपुर / उदयपुरको बेलका नगरपालिका ३ रातापानी सालबारीमा भर्‍यारङबाट लडेर जितेन्द्र चाम्लिंग राईको ज्यान गएको छ।

गत १९ गते राती १२ बजे आफ्नै घरको भर्‍यारङबाट लडेर २७ बर्षिय राई गम्भिर घाईते भएका थिए।

घाईते उनको उपचारको क्रममा शनिबार बिहानको राती २ बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।