झापा / झापाको कमल गाउँपालिका ७ बाह्रघरे चोकस्थित पाडाजुगी गौरीगंज भित्री सड्क खण्डमा मोटरसाईकलमा सवार ज्ञानदेबि घिमालको लडेर ज्यान गएको छ।

शनिबार बिहान साढे ११ बजे मे. ११ प.१२२९ नम्बरको मोटरसाईकलमा स्थानीय ५२ बर्षिय तुलसी राम घिमाल र उनकी श्रीमती ५३ बर्षीय ज्ञानदेबि घिमाल उतरबाट दक्षीणतर्फ जादै गर्दा ज्ञानदेबि घिमाल मोटरसाईकलबाट लडेर घाईते भएकी थिई।

घाईते ज्ञानदेबिलाई उपचारको लागी लाईफलाईन अस्पताल दमक पु¥याजउनासाथ डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।