भैरहवा / कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पाटीभित्र अन्तर्घात गर्नेलाई कारबाही गर्ने बताउनुभएको छ।

पार्टीको सिद्धार्थनगर समितिको दोस्रो नगर भेला तथा साइकलरह्विल चेयर वितरण समारोहमा सभापति देउवाले पार्टीभित्र अन्तर्घात गर्नेलाई कारबाहीको दायरामा ल्याउने बताउनुभएको हो।

देउवाले पार्टी भित्र अन्तरघात भएसम्म कांग्रेसले चुनाव जित्न नसक्ने बताउनुभयो। ‘पार्टीभित्रैबाट विद्रोही उम्मेदवार बन्ने, विद्रोही उमेदवारको प्रस्तावक र समर्थक बनेर पार्टीलाई गर्ने’ देउवाले भन्नुभयो, ‘यस्ता कार्यकर्तालाई कारबाही नगर्दासम्म पार्टीभित्र अन्तर्घातको खेल भविष्यसम्म रहिरहन्छ। यो पार्टीभित्रको डरलाग्दो रोग हो। यसलाई निर्मूल पार्नुपर्छ।’

यद्यपि उपनिर्वाचनमा धरान उपमहानगरपालिमा कांग्रेस कम्युनिष्टको लालकिल्ला तोड्न सफल भएको देउवाले भनाइ थियो। ‘विगतदेखि पार्टीले पराजय भोग्दै आएको स्थानमा चुनाव जित्नु कांग्रेसको ठूलो सफलता हो,’ उहाँले भन्नुभयो।

पार्टीभित्रै बसिरहने र अन्तर्घात गरेर निर्वाचन हराउने प्रवृत्ति खतरनाक रहेको देउवाको भनाइ छ। हालै सम्पन्न उपनिर्वाचनको परिणामबारे २६ मंसिरमा बोलाइएको केन्द्रीय कार्यासमिति बैठकमा समिक्षा गरिने देउवाले बताउनुभयो।