काठमाण्डौ / अभिनेत्री ऋचा शर्माको विवाह भएको छ। दुई साताअगाडि उनका साथीहरुले पोखरामा उनलाई ब्याचलर्स पार्टी दिएपछि उनले विवाहको तयारी गरेको बताएकी थिइन्।

ऋचा आफैंले सामाजिक सञ्जाल फेसबुकमा तस्बिर राखेर विवाहको मिति र श्रीमानको नाम सार्वजनिक गरेपछि आज विवाह गरेकी हुन्। उनी दिपेक्ष विक्रम राणासँग विवाह गरेकी हुन्।

लामो समयदेखि यी दुवै प्रेम सम्बन्धमा भए पनि दुनियाँको नजरबाट लुकाउन सफल भएका थिए। दिपेक्ष लबिम मलका म्यानेजर हुन्। सार्वजनिक गरेको तस्बिरमा उनले आफ्ना शुभचिन्तकलाई माया र साथका लागि धन्यवाद दिएकी छन्।