एजेन्सी / स्त्री कण्डमलाई यौनसम्पर्क गर्नुभन्दा केहि समय अगाडि लगाउनु पर्दछ। तर तल्काल प्रयोग गरेर यौनसम्पर्क गर्न मिल्दैन।   कण्डममा भएका दुई वटा रिङ्गहरुमध्ये खुम्चिने पट्टिको  रिङ्गलाई योनी भित्र राख्नु पर्दछ। मिति र प्याकेटमा हावा भए नभएको राम्ररी हेर्नु पर्दछ। म्याद गुज्रिएको भए प्रयोग गर्नु हुदैन।  यौन सम्पर्कपछि तुरुन्त झिकेको कण्डमको  उचित व्यवस्थापन गर्न जरुरी छ। याद गर्नुपर्ने कुरा केछ भने, पुरुष कण्डम जस्तै  स्त्री कण्डमसमेत पुन: प्रयोग मिल्दैन। 

सकभर कण्डम किन्दा उच्च गुणस्तरको छान्नु पर्दछ।  महिला कण्डम एक किसिमको बलियो रबरलेनै बनेको हुन्छ। पुरुष कण्डम भन्दा बनाउन समय र मेहनत लाग्ने हुदा केही महङ्गो हुन्छ। महङ्गो र झन्झटको रुपमा नसम्झेर सुरक्षित उपायका रुपमा यसको प्रयोगलाई जोड दिन सकिए अनिश्चित गर्भ र यौन रोगको संक्रमणबाट जोगिन सकिन्छ। 

विशेषत: पछिल्लो समय पुरुष कण्डम प्रयोगले महिला पुरुषबीच यौन सन्तुष्टिको विषयलाई लिएर तिक्तता उत्पन्न भएका जानकारी बाहिर आइरहन्छन्। ता कि पुरुष कण्डम प्रयोगले चरम आनन्द नआउने टिका टिप्णी हुन्छन्। नेपालको सन्दर्भमा महिला कण्डम प्रयोगको जानकारी र प्रयोगको चलन बढेको छैन। महिला कण्डम प्रयोगबारे नकारत्मक टिप्पणी भन्दा सकारात्मक पक्षको ज्ञान बाड्न सके प्रजनन् स्वास्थ्यका क्षेत्रमा केहि सुधार हुनेछ।