काठमाण्डौ / एक कैदीले कारागार कार्यलाय मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई निवेदन पत्र लेखेका छन्। मिर्गौंलाले काम गर्न छाडेपछि बिरामी परेका प्रधानमन्त्री ओलीको पुनः मिर्गौला ट्राँन्सप्लान्ट गनुपर्ने देखिएपछि हेमन्त भन्ने बलबहादुर शाहीले निवेदन पत्र लेखेका हुन्।

देशका लागि प्रधानमन्त्री ओली बाँच्नुपर्ने भन्दै पत्र लेखेर आफू मिर्गौला दिनको लागि तयार भएको बताए। ओलीको मिर्गौला ट्राँन्सप्लान्टको तयारी चलिरहेकैबेला बन्दीगृहका कैदीबन्दी शाहीले आफ्नो मिर्गौला दिने घोषणा गरेका हुन्।

मिर्गौला दिने भन्दै पत्र लेख्ने कैदीबन्दी हुने कालिकोट जिल्ला कारागारमा सजाय भुक्तान गरिरहेका शाही हुन्। मंसिर १४ गते प्रधानमन्त्री कार्यालयलाई सम्बोधन गर्दै लेखेको पत्र शनिबार सार्वजनिक भएको छ। पत्रमा उनले आफ्नो दुईवटै मिर्गौला दिने उल्लेख गरे।

‘मैले आफ्नो इच्छाले देशकको प्रधानमन्त्री ज्यू को लागि दुईवटै किड्नी दिन तयार छु, उहाँले देशको लागि केही गर्न सक्नुहुन्छ’, पत्रमा उनले लेखेका छन्, ‘म कालिकोट कारागारमा कैदी जीवन विताइरहे पनि उहाँको लागि दुइवटै किड्नी दिन तयार छु भनि प्रधानमन्त्री कार्यालयमा यो निवेदन पेस गरेको हुँ।’

पत्र यस्तो छ :

- एजेन्सी