झापा / यात्रुबाहक बसको ढोकाबाट खस्दा यात्रु खड्गनारायण श्रेष्ठको ज्यान गएको छ। आज बिहान कांकडभिट्टाबाट काठमाण्डौ आउँदै गरेको ना ६ ख ९१३८ नम्बरको बसको ढोकाबाट खसेर झापा तोपगाछी–७ का ४२ बर्षीय श्रेष्ठको ज्यान गएको हो।

बसको ढोकाबाट खसेर गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएकामा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।

गाडीको ढोका छेउमा उभिएर चुरोट खाँदै गरेको अवस्थामा हात फुत्केर लडेको प्रहरीले जनाएको छ। बस र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।