खोटाङ / खोटाङको हलेशी तुवाचुङ नगरपालिका १० बिजुलेधाप स्थित हलेशी दिक्तेल सडक खण्डमा अटो आफै अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना हुदा अटो चालक खत्रीको घटनास्थलमै ज्यान गएको छ।

शुक्रबार दिउँसो सवा ३ बजे बिजुलेबाट दिक्तेल तर्फ आउदै गरेको को. २ ह ८३४६ नम्बरको अटो आफै अनियन्त्रित भई सडकमा पल्टिएको हो।

अटो आफै अनियन्त्रित भई सडकमा पल्टिदा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ अल्छेढुङ्गाका ३१ बर्षीय खत्रीको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।