एजेन्सी / अध्ययनका लागि जापान गएका डडेलधुरा भद्रपुर ५ घर भई हाल काठमाण्डौ निवासी २५ वर्षिय सुरज मल्लको गत आइतवार बिहान उपचारको क्रममा अस्पतालमा निधन भएको प्रहरी स्रोतले जनाएको छ।

स्रोतकाअनुसार टोकियोको इकेबुकुरोमा बस्दै आएका मल्लको नेक्रोटाइजिंग एन्टरोकोलाइटिसका कारण ज्यान गएको बताईएको छ। विरलै सुनिने यस रोग लागेमा आन्द्रामा समस्या उत्पन्न भई पाचन प्रणाली एवं रक्तसंचारमा गडबडी हुन जाने र हृदयघात पनि हुन सक्ने खतरा रहने बताईन्छ।

नोवेम्वर ३० को राति उनलाई सास फेर्न असजिलो भएपछि इताबासीस्थित निहोन युनिभर्सिटी हस्पिटलमा भर्ना गरिएको र उपचारकै क्रममा आइतवार बिहान करीव ११ बजे तिर उनको निधन भएको प्रहरी जनाएको छ।

प्रहरीले नेपाली राजदूतावासमार्फत नेपालमा रहेका उनका परिवारलाई खबर गरिसकेको र संभव भएसम्म स्व. मल्लका पिता आफै जापान आएर अन्त्येष्टि गर्ने तयारी भईरहेको छ।