एजेन्सी / तनहुँ घर भई हाल अस्ट्रेलियाको मेलबर्नमा बस्दै आएका नेपाली युवा दीपेन्द्र खनाल आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन।

गत सोमबार उनलाई आफ्नै घरको बाथरूममा झुण्डिएको अवस्थामा फेला पारिएको हो। सन् २००८ मा विद्यार्थीका रूपमा अस्ट्रेलिया आएका खनालले त्यसको केही समयपछि प्रोटेक्सन भिसा अप्लाइ गरेको बुझिएको छ।

हाल शव पोष्टमार्टमका लागि राखिएको र आवश्यक कानुनी प्रक्रिया सकिएपछि शव आफन्तको चाहनाअनुसार नेपाल पठाइने बताईएको छ।