इटहरी / पश्चिम तराईका सीमावर्ती जिल्लाका सरकारीरनिजी स्वास्थ्य सेवाको पहुँच छैन।

त्यहाँ मात्रै ‘बंगाली’ डाक्टरले सेवा दिइरहेका छन्। यी डाक्टरले माध्यमिक तह पनि उत्तीर्ण गरेका छैनन्। यस्तै डाक्टरसँग उपचार गराउन पुग्ने नागरिकले अकालमा ज्यान गुमाउनु परेको छ। अप्रेसन गर्न समेत पछि नपर्ने यी डाक्टर झोलामा औषधी राखेर गाउँ–गाँउ डुल्ने गर्छन्।

बाँकेको नरैनापुर गाउँपालिका–५ मटेहियामा अवैध मेडिकल सञ्चालन गरेका ‘झोले डाक्टर’ राजेशसिंह ठाकुरले उपचारका क्रममा २ महिनाको अवधिमा ५ जनाको ज्यान लिएको रहस्य खुलेको छ।

नरैनापुर–५ का गयाराज धोबी र राप्ती सोनारी गाउँपालिका–७ का मनिकराम धोबीको उपचारका क्रममा सोमबार ज्यान गएपछि मंगलबार स्थलगत समाचार संकलन गर्न गाउँ पुगेका सञ्चारकर्मीलाई स्थानीयले असोज दोस्रो सतायता ५ जनाको ज्यान गएको बताए। यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा छ।