सुनसरी/ सुनसरीको इटहरीस्थित पाथीभरा सेकेण्डरी स्कुलले गरेको प्रथम पाथिभरा आईडलको उपाधी सरस्वती गुरुङ र मनिता लिम्बुले जितेका छन्। दुई बिधामा गरिएको प्रतियोगितामा गायनतर्फ गुरुङले र नृत्यतर्फ लिम्बुले उपाधि जितेका हुन्।

प्रथम अडिसनमा सय जनाले भाग लिएको पाथिभरा आईडलबाट ४२ जना मेघा अडिसनमा पुगेका थिए भने मेघा अडिसनबाट २५ जना सेमिफाईलनमा पुगेका र २५ जनाबाट शुक्रबार फाईनल गरिएको स्कुलका प्रिन्सिपल गोपाल श्रेष्ठले जानकारी दिनुभयो। IMG_5608

प्रिन्सिपल श्रेष्ठले गायन तर्फ कक्षा ८का राज सिंह द्वितीय र कक्षा ९का सुमन गुरुङ तृतीय भएका छन्। यस्तै नृत्यतर्फ कक्षा ९की रेजिना गुरुङ द्वितीय र कक्षा ७ की खुसी पौडेल तृतीय भएका प्रिन्सिपल श्रेष्ठले बताउनुभयो। IMG_5599

बिजेता बनेका कक्षा ९की सरस्वती गुरुङ र कक्षा ८ का मनिता लिम्बुलाई नगद ५ हजार, ट्रफि र प्रमाण पत्र प्रदान गरिएको प्रिन्सिपल श्रेष्ठले बताउनुभयो। यसैगरी द्वितीय भएका राज सिंह र रेजिना गेलाललाई नगद तीन हजार ट्रफि र प्रमाण पत्र यस्तै तृतीय भएका सुमन गुरुङ र खुसी पौडेललाई नगद तीनहजार, ट्रफि र प्रमाण पत्र प्रदान गरिएको छ। बिजेता एवं उपबिजेताहरुलाई प्याब्सनका केन्द्रिय अध्यक्ष टिका राम पुरी, बिद्यालयका प्रिन्सिपल गोपाल श्रेष्ठ, स्कुलका नारद उप्रेतीलगायतले पुरस्कृत गर्नुभयो। IMG_5600

पाथिभरा आईडलको उपाधीको लागि फाईनलमा रेजिना गेलाल, रिसिका खड्का, रोशन रसाईली, युना बराल, निश्मा चौलागाँई,अरल पुरी, खुसी पौडेल, मनिता लिम्बु, राज सिंह, संज्ञा कोईराला, सरस्वती गुरुङ, सुमन गुरुङ, निरोज राय, अलोन राई, अनिष तामाङ र धिरज खनाल पुगेका थिए। फाईनलमा पुगेका सबैजनालाई गिफ्ट ह्याम्पर र प्रमाण पत्र प्रदान गरिएको प्रिन्सिपल श्रेष्ठले बताउनुभयो। IMG_8532 winner nnnd

तस्विर सौजन्य : उमेश गौतम, मिडिया होम इटहरी