सुनसरी / बलात्कारको आरोप लागेका सिद्धबाबा कृष्णदास गिरीलाई थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। पहिलोपटक अदालतले दिएको चार दिनको म्याद सकिएपछि पुनः म्याद थप गर्न उनलाई शुक्रवार जिल्ला अदालत सुनसरीमा उपस्थित गराइएको थियो।

गिरीलाई सोमबार बिहान जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले पक्राउ गरेको थियो। कृष्णदास विराटनगरस्थित विराट नर्सिङ होममा छन्। प्रहरीले म्याद थप गरेपछि पुनः उनलाई विराट नर्सिङ अस्पताल नै लगिएको छ।

अदालतले प्रहरीलाई अस्पतालमा नै राख्न र बयान समेत अस्पतालमा नै गराउन आदेश दिएको छ। गत कार्तिक ४ गते गिरीले आफ्नै अनुयायीको बलात्कार प्रयास गरेको आरोप लागेको छ।