काभ्रे / मोटरसाईकल दुर्घटना हुँदा नीरमाया तामाङको ज्यान गएको छ। काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८, अरनिको राजमार्ग स्थित त्रिपन्नकिलोमा बिहीबार बेलुका मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गए हो।

जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार दोलालघाटबाट धुलिखेलतर्फ जाँदै गरेको प्रदेश नम्बर ३–०२–००५ प ९७८५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका नवलपरासी जिल्ला दाउन्ने गाउँपालिका–७ का ४५ वर्षीया नीरमायाको उपचारका क्रममा धुलिखेल अस्पतालमा जयान गएको हो।

दुघर्टनामा परी मोटरसाइकल चालक सोही ठाउँका ५० वर्षीय खुसीमान तामाङको टाउको, नाक र दाहिने हातमा चोट लागेकाले उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुवै श्रीमान–श्रीमती रहेको र दोलखा माइती गई फर्कने क्रममा सो दुर्घटना भएको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो।