भरतपुर / मोटरसाइकल ठोक्किँदा बिहीबार साँझ रामचन्द्र रेग्मीको ज्यान गए छ। एकजना घाइते भएका छन्।
ज्यान ज्यानेमा भरतपुर महानगरपालिका–२५ का ३६ वर्षीय रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

भरतपुरबाट रामपुरतर्फ गइरहेको ना ४० प ७३१३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु ४ प ६६५० नम्बरको मोटरसाइ्कल भरतपुर महानगरपालिका–१५ रामपुरमा साँझ ५ः४५ बजे ठक्कर खाएको हो। प्रहरीका अनुसार ना ४० प ७३१३ नम्बरको मोटरसाइकल चालक रेग्मीको उपचारका क्रममा साँझ ६ः५५ बजे चितवन मेडिकल कलेजमा ज्यान गएको हो।

सोही दुर्घटनामा परी लु ४ प ६६५० नम्बरको मोटरसाइकल चालक भरतपुर महानगरपालिका–२० का २५ वर्षीय मानबहादुर मस्याङ्गीे घाइते हुनुभएको हो। उहाँको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।