पाल्पा / पूर्व राजा ज्ञानेन्द्र शाहले देश अहिले अप्ठ्यारो परिस्थितिमा रहेको बताउनु भएको छ। तानसेनमा रहेको भगवती मन्दिरको बिहीबार दर्शनपछि पूर्व राजा शाहले अहिले देखिएको समस्या समाधानका लागि सबै नेपाली मिल्नुपर्ने बताउनुभयो।

देशमा शान्ति हुनुपर्छ भन्दै उहाँले शान्तिपूर्वक बाँच्नको लागि सबै नेपाली मिल्नुको विकल्प नभएको बताउनुभयो।देश समस्यामा परेको छ भन्ने कुरा सबैले महसुस गरेको भन्दै पूर्व राजा शाहले सबै मिलेर मात्रै जित हुने बताउनुभयो।

झण्डै २० मिनेट पैदल यात्रा गर्नुभएका शाहलाई तानसेनमा भव्य स्वागत गरिएको थियो। पूर्व राजा ज्ञानेन्द्रलाई स्वागत गर्न गाउँगाउँबाट आएका नागरिक हात हातमा फूलमाला लिएर बसेका थिए।