एजेन्सी / भारतीय रिजर्व बैंकले त्यहाँको मौद्रिक नीति समीक्षा गर्दै आर्थिक वर्ष २०१९्/२० मा भारतको जीडीपी वृद्धिदर ६.१ बाट घटाएर ५ प्रतिशत मात्र रहने अनुमान लगाएको छ।

यसअघी रिजर्व बैंकले अक्टूबर महीनामा नीतिगत समीक्षा गर्दै चालु आर्थिक वर्षमा जीडीपी वृद्धिदर ६.१ प्रतिशत रहने बिश्वाश गरेको थियो।

त्यसो त यसअघि नै केहि रेटिंग एजेन्सीहरुले भारतको जीडीपी ग्रोथ अनुमान घटाईसकेका थिए। अहिले आएर रिजर्व बैंकले नै भारतमा देखिएको आर्थिक मन्दीको जोखिम केहि सन्तुलनमा आएपनि जीडीपी ग्रोथ दर भने घट्ने नै अनुमान गरेको हो।

स्मरणीय यो छ कि चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा भारतको जीडीपी ग्रोथ ६ वर्ष कै सबैभन्दा तल ४.५ प्रतिशतमा झरेको थियो।

मंगलबार देखि चलेर बिहिबार सकिएको रिजर्ब बैंकको मौद्रिक नीति समिक्षा बैठकले नीतिगत कुनै परिवर्तन भने नगरेको भारतीय संचारमध्यमहरुले जनाएका छन्।

त्यहाँ आर्थिक गतिविधिमा कमि आएको र उत्पादनको मात्रा घटेको निष्कर्ष बैठकले निकालेको थियो।