एजेन्सी / सुरक्षित यौन सम्पर्कको लागी कन्डमको प्रयोग बढी हुन्छ। कन्डमले अनावश्यक गर्भ रहन नदिने भएकाले पनि जोडीहरु कन्डम प्रयोग गर्न रुचाउने गर्छन्। तर धेरै कन्डम प्रयोग गर्नु पनि स्वास्थ्यको लागी निकै हानिकारक हुनसक्ने देखिएको छ।

केही अनुसन्धानकर्ताहरुका अनुसार कन्डममा केही अप्रत्यक्ष असर पुर्‍याउने तत्व भएकाले यसको धेरै प्रयोगले स्वास्थ्यका लागि धेरै ठुलो खतरा पैदा हुनसक्छ। धेरै कन्डमहरु रबरको वृक्षबाट निसकने लेटेक्स नामक तत्वबाट बनेका हुन्छन्।
दी अमेरिकन एकेडमी अफ एलर्जी अस्थमा एन्ड म्यूनोलोजीका अनुसार रबरमा प्रोटिन भएका कारण केही व्यक्तिहरुमा एलर्जीका लक्षण देखिएको छ। त्यसैले चिकित्सकहरुले भरपर्दो कन्डमको प्रयोग गर्न सुझाव पनि दिएका छन्।

कन्डमले एचआइभी र यौन संक्रमणबाट बचाउनको लागी ठुलो भूमिका खेल्छ। तर पनि यसले बाहिरी छालालाई पूर्ण रुपमा सुरक्षित राख्न सक्दैन। जसले चिलाउने र असर गर्ने खतरा कायमै रहन्छ। एक अध्ययनका अनुसार कन्डमको सहि प्रयोगले ९८ प्रतिशत सुरक्षा प्राप्त हुन्छ। तर गलत प्रयोग हुन गएमा १ सय जना महिला मध्ये १५ जना महिलामा गर्भ रहने जोखिम कायम रहनसक्छ।

म्याद गुज्रिएका कन्डमको प्रयोग गल्तीले पनि नगर्न चिकित्सकहरुले सुझाएका छन्। कन्डममा पाउडर र लुब्रिकेन्टको प्रयोग गरिएको हुन्छ जसले गर्दा महिलामा गम्भिर असर पुर्‍याउने खतरा हुनसक्छ। अमेरिकी चिकित्सकहरुका अनुसार कन्डममा प्रयोग गरिएको पाउडरले क्यान्सर र बाँझोपनको खतरा समेत हुन्छ।