ललितपुर / ललितपुरको एकान्तकुनामा रोकिराखेको ट्रिपरमा स्कुटर ठोक्किँदा दुईजनाको ज्यान गएको छ।

बिहीबार बेलुकी पौने ८ बजेतिर यातायात व्यवस्था कार्यालय अगाडि बिग्रिएर पार्किङ गरिएको ना ८ ख २८ २६ नम्बरको ट्रिपरमा बा ८७ प २२८५ नम्बरको स्कुटर ठोक्किँएको थियो।

स्कुटरमा सवार मुगु घर भई ललितपुरको ग्वार्कोमा बस्दै आएका पावल साउत र झापाकी १६ वर्षकी प्रतिमा केसीको ज्यान गएको प्रहरीले जनाएको छ।

उनीहरुलाई उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ। ट्रिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ।