काठमाण्डौ / नवलपुर जिल्लाको सदरमुकाम कावासोती डण्डामा लामोसमयदेखि जुवाखाल निर्वाध रुपमा सञ्चालन भईरहेको छ। यस बिषयमा सञ्चारमाध्यममा पटक पटक समाचार आउँदा पनि स्थानिय प्रशासन मौन देखिएको छ।

स्थानियको प्रहरीको मिलोमतोमा जुवाखाल सञ्चालन भएकाले आफुहरुलाई कसैले केहि गर्न नसक्ने जुवाडेहरुले बताउदै आएका छन्। जिल्लाको कावासोती, डण्डा, दाउन्ने, र देबचुली लगाएतका ठााउहरुमा पनि खुल्लमखुल्ला जुवाखाल सञ्चालनमा रहेका छन्।

जिल्लामा प्रहरीकै मिलेमतोमा जुवाखाल सञ्चालन भएकाले पनि जुवाडेहरुलाई हटाउन नसकिएको स्थानियको गुनासो रहेको छ। जिल्लामा पछिल्लो समय जुवाखाल मात्रै नभईकन अन्य तस्करी साथै अवैध धन्दा पनि मौलाएको र यसमा जिल्ला प्रहरीका माथिल्ला तहका अधिकारीहरुकै मिलेमतो रहेको स्थानियको आरोप रहेको छ।

प्राप्त गोप्य सूचनाका आधारमा कावासोती र डण्डाको तल्लो तटिय क्षेत्र सेतोपानी लगाएतका जंगलसंग सीमा जोडिएका साथै नारायणी किनारका कतिपय कटेजहरुमा समेत जुवाको अखडा चलिरहेको छ।

जुवाडेहरुले सूचनाका लागि समेत पैसा दिएर मान्छे खटाउने गरेका छन्। जिल्लामा जिल्ला प्रहरीकै केही भ्रष्ट्र अधिकृत र हाकिमसँगको सााठगाँठमा जुवाखाल सञ्चालन हुँदै आईरहेको छ।