पाल्पा / पाल्पामा भएको जीप दुर्घटनामा चालक र सहचालकको ज्यान गएको छ।

बिरामी बुटवल पुर्‍याएर पाल्पा फर्किँदै गरेको लु १ ज ४२०९ नम्बरको जीप सिद्धार्थ राजमार्गको चौबिस माइलमा दुर्घटना भएको थियो।

सो दुर्घटनामा रैनादेवी छहरा गाउँपालिका ५ का २६ वर्षीय चालक दिलिप बमरेल र १७ वर्षीय सहचालक कृष्ण कार्कीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।