काठमाण्डौ / बिहीबार बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ५।५ डिग्री सेल्सियस मापन गरिएको छ।अहिले नेपालमा कुनै पनि मौसमी प्रणाली सक्रिय नरहे पनि देशभर न्यूनतम तापक्रम घटिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बुधबार बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस मापन गरिएको थियो।बिहीबार देशका पश्चिमी, मध्य र पूर्वी पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली रहने मौसमविद्ले बताएका छन्।

पश्चिमी क्षेत्रमा विकास भएको कमजोर पश्चिमी न्यूनचापीय प्रणालीको असरले पश्चिमी, मध्य र पूर्वी पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदलीको सम्भावना देखिएको छ।

महाशाखाले बिहीबार जारी गरेको मौसमी बुलेटिन अनुसार शुक्रबार र शनिबार पनि देशको पश्चिमी, मध्य र पूर्वी पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदलीको अवस्थामा रहने छ।