धरान / पूर्वाञ्चलकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिताको रुपमा स्थापित नेपाल आईस ‘मिस पुर्वाञ्चल’को दसौँ संस्करणको अन्तिम प्रतिस्पर्धीको रुपमा २१ जना पुर्वको बिभिन्न सहरको युवतीहरु छनोट भएका छन्।

अनलाइन फर्म, धरान, इटहरी र बिराटनगरको बिभिन्न कलेजहरुमा कलेज एक्टिभेशन र धरानमा गरिएको अडिशनबाट छानिएका युवतीहरुलाई गत साता देखिको ग्रुमिग क्लास , फोटोग्राफी र मेकअप क्लासपछि अन्तिम प्रतिस्पर्धीको रुपमा छनोट गरिएको हो।

धरानबाट अनुषा लिम्बु ,अनुपमा बस्नेत , सुष्मिता बराईली ,निभेदिता राजभण्डारी , स्वेता पोख्रेल ,मोनालिषा राई ,शशि बिसंखे, सिमरन प्रधान, सिमरन लिम्बु , रतुवामाई- इटहराबाट बिपना तामांग, उर्लाबारीबाट मिलिमा श्रेष्ठ ,इटहरीबाट सुदिक्षा बिस्वकर्मा, निशा धिताल ,अस्मिता लिम्बु , वर्षा श्रेष्ठ , प्रिजनी नेपाल .खोटाङबाट एन्जल राई , पथरीबाट रिजु भट्टराई , रेजिना राई, र धनकुटाबाट रेश्मा राई र अन्जु बूढाथोकी अन्तिम छनोटमा परेका हुन्।

प्रिजनी नेपाल मिस इटहरी आइकन २०१९ बिजेता हुन् भने रिजु भट्टराई मिस पथरी शनिश्चरे २०१९ र, एन्जल राई मिस राई २०१९ कि बिजेता हुन। 

विजेताले मिस पूर्वाञ्चल २०१९ को उपाधिसँगै रु दुई लाख नगद र अध्ययनका लागी युएन कलेजको छात्रवृत्ति दिईने आयोजकले जनाएको छ। मिस पुर्वान्चलको ग्रान्ड फिनाले आगामी पौष ५ गते शनिबार धरानमा भब्यरुपमा आयोजना गरिनेछ।

त्यस्तै फस्ट र सेकेण्ड रनर अफलाई क्रमश: एक लाख नगद र पचास हजार नगद पुरस्कार सँगै छात्रवृत्तिकोपनि व्यवस्था गरिएको आयोजकले जनाएको छ।