पोखरा / मुस्ताङमा बुधबार एक भारतीय नागरिकको ज्यान गएको छ। भारतको छत्तिसगढको रायपुर बस्ने ६१ वर्षीया सरालु नाडुको ज्यान गएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।

मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित जोमसोम बजारको एक होटलमा बास बसेको अवस्थामा उनको ज्यान गएको हो। अत्यधिक उचाइका कारण ज्यान गएको बताइएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।