सिरहा / बलात्कार मुद्दामा फरार एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका–३ का २५ वर्षीय धर्मेन्द्रकुमार मण्डल रहेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। मण्डललाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत सिरहामा पेश गरिने प्रहरीले जनाएको छ।