काठमाण्डौ / १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले भुटानलाई कीर्तिमानी लक्ष्य दिएको छ। त्रिभुवन विश्वविद्यालय कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ३७ रन कीर्तिमानी लक्ष्य दिएको हो।

टी–२० क्रिकेटमा नेपालको यो सबैभन्दा ठुलो लक्ष्य हो। नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ३६ रन बनायो। नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५३ बलमा आफ्नो टि–ट्वान्टी आई करिअरको पहिलो शतक प्रहार गरे।

टि ट्वान्टी आईमा नेपालको लागि यो दोस्रो शतक हो। यस अघि पारसले सिंगापुरविरुद्ध शतक प्रहार गरेका थिए। उनले ज्ञानेन्द्र ५५ बलमा १ सय ७ रन बनाएर आउट भए।

यसैगरी नेपालका लागि पारसले २८ बलमा ९ चौका र १ छक्का सहित ५७ रन बनाए। उनको टि ट्वान्टी आईमा यो चौथो अर्ध शतक हो। ११ ओभरको अन्तिम बलमा कर्माले रोहित कुमार पौडेललाई ६ रनमा क्याच आउट गराए।

यसैगरी नेपालका दिपेन्द्रसिंह ऐरीले २७ बलमा २ छक्का र ४ चौकासहित ४५ रनमा अविजित रहे। भने आरिफ शेख ४ रनमा नट आउट रहे। भुटानका कर्मा दोर्जेले २ विकेट लिए।

कप्तान ज्ञानेन्द्र मल्लको शतक

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रहेको ज्ञानेन्द्र मल्लले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भुटानविरुद्ध शतक प्रहार गरे। यससँगै उनी टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने दोस्रो नेपाली खेलाडी बनेका छन्।

ज्ञानेन्द्रले १८ औं ओभरको अन्तिम बलमा क्याच आउट हुनुअघि ज्ञानेन्द्र ५५ बलमा ५ चौका र ९ छक्का सहित १ सय ७ रनमा क्याच आउट भए। उनी ओपनर पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि ८।२ ओभर सम्म १ सय ८ रनको शतकीय साझेदारी गरेका थिए।

११ ओभरको अन्तिम बलमा कर्माले रोहित कुमार पौडेललाई ६ रनमा क्याच आउटभएपछि दिपेन्द्र सिंह ऐरीले ज्ञानेन्द्रलाई बलियो साथ दिएका थिए। ऐरीले २७ बलमा २ छक्का र ४ चौकासहित ४५ रनमा अविजित रहे।