भोजपुर / भोजपुरको अरुण गाउँपालिका–६ धाउखानीमा दाजुको हत्या गरेको आरोपमा प्रहरीले भाईलाई पक्राउ गरेको छ। प्रहरीले आफ्नै दाजुको हत्या गरेको आरोपमा १८ वर्षीय डिकबहादुर राईलाई पक्राउ गरेको हो।

मंसिर १६ गते मादक पदार्थ सेवन गरी दाजुभाइबीच सामान्य विवाद हुँदा उनले दाजुलाई चिर्पटले टाउकोमा प्रहार गरेको प्रहरीले जनाएको छ। ४० वर्षीय दाजु सुवास राईको घरमै उपचारको क्रममा बुधबार दिउँसो ज्यान गएको थियो।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी चौकी जरायोटारबाट खटिएको प्रहरी टोलीले घटनामा संग्लग्न राईलाई नियन्त्रणमा लिएको तथा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।