एजेन्सी / नायिका ऋचा शर्माले लगन गाठो कस्ने भएकी छन्। लामो समय देखी बिहे कुरा बाहिर आएपनि तर अब भने उनको बिहेको मिती तय भइसकेको छ। उनले आफ्ना प्रेमी दिपेशसँग मङ्सिर २१ अर्थात पर्सी लगन गाठो कस्ने भएकी हुन्।

ऋचा आफैले बिहेको मिति सार्वजनिक गर्दै आफूहरुलाई माया गर्ने सबैलाई धन्यवाद दिएकी छिन्। ऋचा यतिबेला नेपालको पहिलो र ठूलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को जर्जको रुपमा रहेकी छन्।

केहि समय अगाडी पोखरामा व्याचलर्स पार्टी समेत गरिसकेकी ऋचाको दिपेश विक्रम राणा बिहे गर्न लागेकी हुन् र राणा दिपेश क्युएफएक्स ग्रुप अन्तर्गत ललितपुरको लाबिम मलका जनरल म्यानेजर हुन। यि दुई करिब दुई वर्ष अघिदेखी प्रेममा थिए। ऋचा बेला बेला अभिनय संगै अभिव्यक्तिका कारण पनि चर्चामा आउने नायिका हुन्।