ताप्लेजुङ / ताप्लेजुङको फुङ्लिङ बसपार्क नजिकैको तागेरा होटलमा अशोक भनिने भीमकुमार मादेन लिम्बू मृत भेटिएका छन्। मोरङको पथरी शनिश्चरे–९ का ३६ वर्षीय लिम्बू मृत भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

ताप्लेजुङ घुम्न आएका लिम्बू महिला आफन्तसहित होटलमा बसेका थिए। उनको ज्यान गएपछि ती महिला आफन्त र होटल साहुले प्रंहरीलाई खवर गरेका थिए। उनको साथवाट उनले प्रयोग गर्दै आएका मुटुको औषधी पनि भेटिएको प्रहरीले जनाएको छ। मृतक लिम्बू प्रेशर र मुटुका बिरामी रहेको उनका बुवाले बताएका छन्।

घटनाका बारेमा अनुसन्धान जारी रहेको र शव पोस्टमार्टमपछि आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।