एजेन्सी / अफ्रिकी मुलुक सुडानको राजधानी खार्तुमको एक सेरामिक कारखानामा भएको सिलिन्डर विस्फोटमा २३ जनाको ज्यान गएको छ। घटनामा कम्तिमा १ सय ३० व्यक्ति घाइते भएका छन्। यो कारखानामा काम गर्ने श्रमिकमध्ये अधिकांश भारतीय छन्। तर मारिने मध्ये कति जना भारतीय नागरिक छन् भन्ने एकीन हुन सकेको छैन।

भारतीय विदेशमन्त्री एस.जय शंकरले एक ट्वीट गर्दै घटनामा भारतीय केही नागरिक मारिएको खबर प्राप्त भएको उल्लेख गर्नुभएको छ। कारखानामा ६० जना भारतीय श्रमिक कार्यरत थिए।

घटनाको दौरान ५३ जना कारखाना तथा आवास क्षेत्रमा उपस्थित रहेको बताइएको छ। विदेशमन्त्री जयशंकरले घाइते श्रमिकहरुको खार्तुमका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको जानकारी दिर्नुभएको छ।