एजेन्सी / सन् २०२० मा आयोजना कोपा अमेरिका फुटबलको समूह विभाजन र तालिका सार्वजनिक गरिएको छ।

आगामी जुन १२ तारिख हुने उद्घाटन खेलमा लियोनल मेस्सी प्रेरित अर्जेन्टिना र चिली भिड्नेछन्। कोपा अमेरिकाले सहभागी १२ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ।

समूह ‘ए’ अर्जेन्टिना, अष्ट्रेलिया, बोलिभिया, चिली, उरुग्वे र पराग्वे रहेका छन्। समूह ‘बी’ मा साविक विजेता ब्राजिल, कोलम्बिया, कतार, भेनेजुएला, इक्वेडर र पेरु रहेका छन्। दुई समूहका शीर्ष चार टोली नकआउट तथा क्वार्टरफाइनलमा प्रवेश गर्नेछन्।

सन् २०२२ को विश्वकप आयोजक कतार र अष्ट्रेलियालाई आमन्त्रित टोलीको रुपमा सहभागि गराईएको हो।

328b2d07-a184-3e80-a5ff-786fe28119ea_1575521940