इंग्लिस प्रिमियर लिगमा टोटनह्याम पराजित भएको छ। जोसे मोरिन्होले क्लब सम्हालेपछि लगातार तीन जित निकालेको टोटनह्याम चौथो खेलमा म्यानचेस्टर युनाइटेडसँग पराजित भयो।

वर्ल्ड ट्राफोर्डमा भएको खेलमा जोसे मोरिन्हो आफ्नो पूर्व क्लबसँग २–१ ले हार्न पुग्यो। युनाइटेडलाई जित दिलाउनका लागि मार्कस रासफोर्डले दुई गोल गरे।

छैटौँ मिनेटमा रासफोर्डले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए। ३९औं मिनेटमा डेले अल्लीले गोल गर्दै टोटनह्यामलाई खेलमा फर्काए।

दोस्रो हाफको चौथो मिनटमा युनाइटेडले पेनाल्टी पायो। जसलाई रासफोर्डले गोलमा परिणत गर्दै म्यान्चेष्टर युनाइटेडलाई जित दलाए। जितसँगै म्यानचेस्टर युनाइटेड २१ अंक बनाउँदै छैटौं स्थानमा उक्लिएको छ। टोटनह्याम भने २० अंक सहित आठौँ स्थानमा छ।