काठमाण्डाै / प्रधानमन्त्री केपी शर्मा ओली केही दिन अस्पतालमै बसेर स्वास्थ्य लाभ गर्नुहुने भएको छ।

महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारत प्रधानमन्त्री केही दिन अस्पतालमै रहेर स्वास्थ्यलाभ गर्नुहुने उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो।

प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको र हाल चिकित्सकीय अवलोकनमा राखिएको अस्पतालले जनाएको छ। यही मंसिर १० गते प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो।

प्रधानमन्त्री ओलीले गएकाे साेमबार अस्पतालबाटै भिडियाे सन्देशमार्फत आफ्नाे स्वास्थ्यमा सुधार भएकाे जानकारी दिनु भएकाे थियाे । सन्देशमा उहाँले सागकाे उद्घाटन समाराेह पुरै हेरेकाे पनि बताउनु भएकाे थियाे।