एजेन्सी / हरेक बाबु–आमाले आफ्नो सन्तानको भलो चाहन्छन्। सन्तानलाई सतमार्गमा हिँडाउन अभिभावकले निरन्तर अग्रसरता लिइरहेका हुन्छन्।

तर, कतिपय यस्ता बाबु पनि हुन्छन्, जो आफ्नै सन्तानमाथि सोच्नै नसकिने हर्कत गर्न अग्रसर हुन्छन्।

रूसमा एक बाबुले आफ्नै तीन छोरीमाथि यौन शोषण तथा बलात्कार गरेको खुलासा भएको छ। र, बदलामा बाबुबाट यौन शोषणमा परेका छोरीहरूले चक्कु प्रहार गरेर उनको इहलीला समाप्त पारिदिएका छन्।

क्रेस्टिना, एन्जेलिना र मारिया खचतुर्यानले यौन दूराचारी आफ्नै बाबुमाथि चक्कु प्रहार गरेर हत्या गरेका हुन्। छोरीहरुको आक्रमणबाट घाइते मिखाइलको हालै ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

समाचारहरूमा जनाइएअनुसार मिखाइलले दुई वर्षअघि १७, १८ र १९ वर्षका आफ्ना तीनै छोरीमाथि यौन शोषण तथा बलात्कार गरेका थिए।

अतिचार गरेपछि आफ्नै बाबुको ज्यान लिने तीन युवतीबारे चर्चा चुलिएको छ। बाबुको ज्यान लिने छोरीहरूको सजायबारे पनि विभिन्न धारणाहरू बाहिरिएका छन्। महिला अधिकारकर्मीहरूले उनीहरूलाई जेल नपठाएर उपचार गर्नुपर्ने माग गरेका छन्।