इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले बर्नलेमाथि ४–१ को जित निकालेको छ। ग्याब्रियलल जेससले दुई गोल गर्दा सिटी तालिकाको दोस्रो स्थानमा उक्लिएको हो। सिटीको जितमा पछिल्लो तीन खेलमा पहिलो जित निकालेको हो। 

ग्याब्रियल जेससले २४ औँ मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा सिटीले तीन गोल थप्यो। 

५०औँ मिनेटमा ग्याब्रियल जेससले ब्यक्तिगत दोस्रो गोल गरे। ६८औँ मिनेटमा रोद्री हर्नान्डेजले गोल गर्दै सिटीलाई ३–० को अग्रता दिलाए। ८७ औँ मिनेटमा रियाद मेहरेजले गोल गरेपछि म्यान्चेष्टर सिटीले चार गोलको अग्रता लियो।

८९ औँ मिनेटमा ब्राडीले बर्नलेका लागि गोल गरेपछि त्यो सान्त्वना गोल बन्न पुग्यो। जितसँगै सिटीले शीर्ष स्थानको लिभरपुलसँगको दूरी आठ अंकमा झारेको छ। सिटी ३२ अंक छ भने शीर्ष स्थानको लिभरपुलको ४० अंक छ।